समाचार

रास्वपाको आकस्मिक बैठक सुरु

२१ माघ २०७९, शनिबार १५:२५
रास्वपाको आकस्मिक बैठक सुरु

२१ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । राजधानीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो  ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले गृहबाहेकको अरु कुनै मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । जुन समय आजै सकिँदैछ । रास्वपाले आजको बैठकबाट गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्