समाचार

रास्वपाको आकस्मिक बैठक बस्दै, सरकारबारे निर्णय लिने

२१ माघ २०७९, शनिबार १४:४०
रास्वपाको आकस्मिक बैठक बस्दै, सरकारबारे निर्णय लिने

२१ माघ, काठमाडौँ । गृह मन्त्रालयका लागि प्रधानमन्त्रीलाई दिएको दुई दिनको अल्टिमेटम सकिँदासम्म कुनै निर्णय नआएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।

केन्द्रीय कार्यसमिति संसदीय दलको संयुक्त बैठक अहिले केही समयमा सुरु हुन लागेको एक नेताले जानकारी दिए । नेताहरू केन्द्रीय कार्यालयतर्फ लागेका छन् ।

पार्टीको यसअघिको बैठकबाट गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान राखिएको थियो । दुई दिनभित्र माग पूरा नभए जुनसुकै निर्णय लिन सक्ने महामन्त्री मुकुल ढकालले बताएका थिए ।

आजको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिनेबारेमा निर्णय गरिने नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्