काठमाडौं । हप्ताको पहिलो दिन नै सुनको मूल्य बढेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।