समाचार

आइतबार सुनको मूल्य बढ्यो

१९ मंसिर २०७८, आईतवार ०५:५३
आइतबार सुनको मूल्य बढ्यो

काठमाडौं । हप्ताको पहिलो दिन नै  सुनको मूल्य बढेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ  । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्