१८ माघ, काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको नेताहरूले बताएका छन् ।
आजको बैठकले पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने तयारी थियो ।आज बैठकको तयारी नपुगेकाले स्थगित भएको माओवादीका महासचिव देव गुरुङले बताए । उनले आज नै प्रतिनिधिसभा बैठक भएकाले भोलि बस्ने स्थगित भएको बताए ।