खेलकुद

सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्न क्रिकेट संघलाई हतारो

१७ माघ २०७९, मंगलवार १६:३८
सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्न क्रिकेट संघलाई हतारो

१७ पुस पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ ।

आज पोखरामा बस्दै गरेको क्यानको बोर्ड बैठकमा सन्दीपको निलम्बन फुकुवा पनि मुख्य एजेन्डामा परेसँगै क्यानलाई सन्दीपको निलम्बन फुकुवा गर्न हतारो रहेको देखिएको हो ।

उनका अनुसार बैठकको एजेण्डामध्ये सन्दीपको विषयमा छलफल हुँदा उक्त समझदारी भएको हो।  सन्दीप केही पहिले उच्च अदालतबाट बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए । पक्राउ पर्नुअघि उनी क्रिकेट टोलीको कप्तानको भूमिकामा थिए ।

बोर्ड बैठकको १७ बुँदे एजेन्डामध्ये १० नम्बरमा सन्दीपमाथि क्यानले लगाएको निलम्बन फुकुवासम्बन्धी एजेन्डा बनाइएको छ । सन्दीपले बलात्कारको आरोपमा चलेको मुद्दामा अदालतबाट सफाइ पाएका छैनन् ।

तर क्यानले उनको निलम्बन फुकुवा गरेर राष्ट्रिय टोलीमा फर्काउने हतारो गरिरहेको छ । निलम्बन फुकुवा गर्ने एजेन्डाप्रति क्यानको आलोचना हुँदै आएको छ । फौजदारी अभियोग र नैतिकताको विषयमा क्यानजस्तो संस्थाले आँखा चिम्लिन नहुने भन्दै क्यानको आलोचना हुँदै आएको हो ।

प्रतिक्रिया दिनुहोस्