समाचार

कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

१९ मंसिर २०७८, आईतवार ०५:४३
कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

हेटौंडा:  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ।

शनिबार राती भएको मतदानबाट सभापतिका उम्मेदवारहरु इन्द्रबहादुर बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि आज आइतबार बिहान ११:३० बजेबाट पुनः मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुने छ ।

शनिबार रातिदेखि मतगणना सुरु गरिएको थियो। कांग्रेसको संघीय विधानानुसार शनिबार पहिलो पटक प्रदेश अधिवेशन भएको हो। अधिवेशनबाट पदाधिकारीतर्फ प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्