आज बिहान प्रधानमन्त्रीलाई भेट्न बालेन बालुवाटार पुगेका हुन्। भेटका क्रममा काठमाडौं महानगरसम्बन्धि विभिन्न विषयमा छलफल भएको थियो।
पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोधसमेत गरिरहेका छन्। निजी सम्पत्तिमा महानगरले क्षति पुर्याएको भन्दै आन्दोलनसमेत भइरहेको छ।
शाहले महानगरका कामकारबाहीमा संघ सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्। शाहले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोगसमेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाएका थिए।