१६ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठक माघ २१ देखि सुरु हुने भएको छ । सभापति रवि लामिछानेको विषयमा अदालतले फैसला गरेपछि पार्टीले यसअघि माघ १४ देखि तय गरेको बैठक स्थगित गरेको थियो ।
आइतबार सभापतिमा लामिछाने आफ्नो नागरिकता वैध बनाउँदै पुनः सभापतिमा चयन भएपछि माघ २१ गतेदेखि पुनः सुचारु गर्ने निर्णय गरिएको हो ।
जसअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ ।
जसअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ ।