समाचार

नेपालगञ्जमा भोलिदेखि हुने वेष्टर्न ट्राभल मार्टको तयारी

१४ माघ २०७९, शनिबार ०९:२४
नेपालगञ्जमा भोलिदेखि हुने वेष्टर्न ट्राभल मार्टको तयारी

१४ माघ, नेपालगञ्ज । नेपालगञ्जमा आइतबारदेखि सुरु हुने वेष्टर्न ट्राभल मार्टको सबै तयारी पूरा भएको छ ।

आयोजक नाट्टा बाँके च्याप्टरले शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर वेष्टर्न ट्राभल मार्टको तयारी पूरा भएको जनाएको हो । यसपटकको मार्टमा मानसरोवर ‘माउन्टेन फ्लाइट’ आकर्षणको केन्द्रबिन्दुमा छ ।

No description available.

६६ जना भारतीय टूर अपरेटरसहित सोमबार बिहान साढे ७ बजे मानसरोवर माउन्टेन फ्लाइट हुने आायोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए । ‘नेपाल पर्यटन बोर्डको सहयोग र सहकार्यमा पहिलोपटक ६६ जनाभन्दा धेरै भारतीय टूर अपरेटर नेपालगञ्ज ल्याउनु पश्चिम नेपालको पर्यटन व्यवसायमा ठूलो उपलब्धी हो’ उनले पत्रकार सम्मेलनमा भने, ‘ उनका अनुसार पहिलोपटक ठूलो संख्यामा भारतीय टूर अपरेटर र भारतीय पत्रकार नेपाल आउन लागेका हुन् ।

No description available.

सो टोलीमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई) का पदाधिकारी र सदस्य पनि छन् । उनीहरुको विशेष बैठक नेपालगञ्ज वा बर्दियाको ठाकुराद्धारमा हुने सम्भावना पनि छ । नेपालगञ्जमा रहेको सिद्धार्थ होटलमा हुने कार्यक्रम आइतबारदेखि मंगलबारसम्म चल्नेछ ।

No description available.

कार्यक्रमका लागि भारतीय टूर अपरेटर, भारतीय पत्रकार, नेपाल पर्यटन बोर्डका अधिकृत, नाट्टा, टान, हान, रेवान, नारा लगायत पर्यटन व्यवसायी संघ संस्थाका प्रमुख तथा पदाधिकारीका साथै सोलो ट्राभलर कञ्चन राई ‘घुमन्ते’ र सिर्जना सिज्जु पनि आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्