समाचार

प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार

१४ माघ २०७९, शनिबार ०८:३७
प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार

१४ माघ, काठमाडौँ। गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेदवारी प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले लिएका छन्।

नागरिकता प्रकरणमा दोषी ठहर भएका रवि लामिछानले गृहमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले साे पद सम्हालेका हुन् ।

राष्ट्रपतिको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेको उल्लेख छ।

मन्त्रीहरु नियुक्त नहुँदा युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हालिरहेका छन् । सर्वोच्च अदालतको फैसलापछि हिजो नै गृहमन्त्री र सांसदबाट रवि लामिछाने पदमुक्त भभइसकेका छन्।

लामिछानेले एकपटक नेपाली नागरिकता त्यागेपछि पुन नयाँ प्रक्रियाबाट बनाउनुपर्नेमा पुरानै नागरिकताका आधारमा मनोनयन दर्ता गराएर सांसद पद जितेका थिए । रविको नागरिकता नै अवैध रहेकाले उनले जितेको सांसद पद र मन्त्री पदसमेत गैरकानुनी रहेको भन्दै परेको रिटमा हिजो सर्वोच्चले फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्