१४ माघ, कालिकोट । माओवादी केन्द्र निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) कालिकोट जिल्ला इन्चार्जमा मनसिंह शाही तोकिएका छन्।
शाही लामो समय देखि विद्यार्थी राजनीतिमा क्रियाशिल रहेका छन् । माओवादी र एमाले एकता हुँदा उनी जिल्ला संयोजक रहेका थिए हने शाही अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष र केन्दीय सदस्य भइसकेका छन्।
शाहीले भने वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतीको अन्त्य गर्नका लागि र आम विद्यार्थीलाई सम्मान, सहज र गुणस्तरीय शिक्षा प्राप्तिका लागि संघर्ष गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको अखिल क्रान्तिकारी कालिकोट जिल्ला इन्चार्ज शाहीले बताएका छन् ।
त्यस्तै, कर्णाली प्रदेश इन्चार्जमा त्रिसना हमाललाई तोकेको छ भने पुर्व अखिल क्रान्तिकारीका अध्यक्ष बिमल बहादुर बमलाई विभागीय उप-प्रमुखको जिम्मेवारी दिएको छ।