१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।
हाल पार्टीमा उप–सभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका अर्याल रास्वपाबाट समानुपातिक सांसद् हुन्।
बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ । उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो ।बैठकमा रवि लामिछाने उपस्थित थिएनन्। नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि उनको पद गएको थियो ।