समाचार

रविले नयाँ नागरिकता लिने, फेरि निर्वाचन लड्ने

१३ माघ २०७९, शुक्रबार २३:४९
रविले नयाँ नागरिकता लिने, फेरि निर्वाचन लड्ने

१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै सांसद, संसदीय दलको नेता, उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद सबै गुमाएका रवि लामिछानेले नागरिकता लिने प्रक्रिया सुरु गर्ने भएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि उनले यसअघि प्रक्रिया पूरा नगरेको ठहर सर्वोच्च अदालतले गरेको छ । योसँगै अब रवि लामिछानेले नागरिकता पुनः पाउनका लागि प्रक्रिया आइतबार नै सुरु गर्ने भएका छन् ।

हिजो सर्वोच्च अदालतको फैसला आएसँगै बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकमा पनि यसबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्