११ माघ, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना दुई मन्त्रीको नाम टुंगो लगाएको छ ।
बुधबार पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो। जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए।
यसअघि माओवादीबाट मुगुका मंगलबहादुर शाही मन्त्री बनिसकेका छन् । माओवादी स्रोतका अनुसार जिसी कानुन मन्त्रालय, शाही भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले २८ पुसमा माओवादी केन्द्रका शाही र एमालेका विनोदकुमार शाहलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।