११ माघ, काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी विवादको मुद्दाको हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबार संवैधानिक इजलासमा अग्राधिकारसहित सुनुवाइ सुरु भएकाे थियो । तर, नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । शुक्रबार बहस सकिनेछ । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता ढुंगानाले बहस गरका थिए । रवि लामिछानेको तर्फबाट सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका हुन् ।
बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा भएको सुनुवाइ हेर्दाहेर्दै’मा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकताको विषयको रिटमाथि बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबार रिट निवदेकका तर्फबाट चारजनाले बहस गरेका थिए भने सरकारका तर्फबाट एक सहन्यायाधिवक्ता र लामिछानेका तर्फबाट दुईजनाले बहस गरेका थिए ।