१० माघ, काठमाडौँ। काठमाडौँको बानेश्वरमा आज एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेम प्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका देखिएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी दिए । आचार्यको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।