९ माघ, काठमाडौँ। उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध प्रदर्शन गर्ने भएको छ।
समितिका संयोजक सुमन सायमीका अनुसार काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र धर्ना हुन लागेको हो ।
मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको भन्दै उनीविरुद्ध धर्नाको तयारी गरिएको सायमीले बताए । मेयर बालेन साह स्वेच्छाचारी एवै निरंकुश बन्दै गएका कारण उनी विरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।
संविधानले सुरक्षित गरेको सम्पत्ति सम्बन्धी मौलिक हकको बेवास्ता गर्दै जनताको निजी घर भत्काउने कार्य गरेको, कथित विकासको नाममा अध्ययन र योजनाविना डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको उनीहरुले आरोप लगाएको छ ।