९ माघ, काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला समूहले भोलि (मंगलबार) बिहानका लागि बोलाएको बैठक स्थगित गरेको छ ।
मंगलबार विहानका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । यसअघि यो बैठक ८ बजे अनुपम फुडल्याण्डमा बस्ने भनिएको थियो ।
शेखर सूमहका नेता भुपेन्द्रजंग शाहीले भोलिको बैठकमा पार्टीका भ्रातृ संस्था र विभागहरूबारे छलफल हुने बताएका थिए ।