७ माघ, काठमाडौं। नवनियुक्त सभामुख देवराज घिमिरेले आज सर्वदलिय बैठक बोलाएका छन् ।
बिहीबार सभामुखमा निर्वाचित भएका घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलिय बैठक बोलाएका हुन् ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिलो सर्वदलीय बैठक हो। उनी यही माघ ५ गते प्रतिनिधि सभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका थिए।
शनिबार नै प्रतिनिधि सभामा उपभामुखको निर्वाचन हुँदैछ। जसका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ।