समाचार

उपसभामुखका लागि आज मतदान हुँदै

७ माघ २०७९, शनिबार ०२:२७
उपसभामुखका लागि आज मतदान हुँदै

७ माघ, काठमाडौँ। आज प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखका लागि सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उम्मेदवारी दिएकी छन् ।

प्रतिनिधिसभाको बैठक आज १ बजे संसद भवन नयाँ वानेश्वरमा हुँदैछ । उक्त बैठकमा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने र लगत्तै उपसभामुखको निर्वाचन हुने जनाइएको छ ।

उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि समयसीमा तोकिएको थियो ।

यस्तै, कांग्रेसकी यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। निर्वाचन अधिकृत तथा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख निर्वाचन प्रक्रिया सुरु हुनेछ। प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेकी राना मगरलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल र जनमत पार्टीका सांसदले समर्थन रहने छ ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी यादवलाई कांग्रेससहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्