हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। यद्यपि १ विना विभागीय मन्त्रीको रुपमा विनोद कुमारशाह र मङ्गल शाही नियुक्त भएका छन्।
सत्ता साझेदार दल एमाले र माओवादीबीच मुख्यमन्त्रीबाहेक बाँकी रहेका ६ मध्ये समान तीन/तीन मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालयको संख्यामा भागबन्डा मिले पनि कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति जुटन सकेको छैन् ।
विनाविभागीय मन्त्रीहरुले पदबहाली गर्न पाएका छैनन् । उनीहरूलाई कार्यालय समयमा बस्नका लागि मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव र स्वकीय सचिवको कार्यकक्ष उपलब्ध गराइएको छ । मन्त्रीहरु बासका लागि होटेल र आफन्ताको घरमा बस्दै आएका छन् ।
४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ मत आवश्यक पर्नेमा शर्मालाई उनकै पार्टी माओवादी केन्द्रका १३, एमालेको १० र राप्रपाका १ गरी २४ सांसदले मत दिएका हुन् । नेपाली कांग्रेसको सबैभन्दा धेरै १४ र एकीकृत समाजवादीको १ सिट र एकजना स्वतन्त्र सांसद छन् ।