समाचार

सभामुखका लागि उम्मेदवारी दर्ता आज, कांग्रेसले देला उम्मेदवारी ?

४ माघ २०७९, बुधबार ०२:३२
सभामुखका लागि उम्मेदवारी दर्ता आज, कांग्रेसले देला उम्मेदवारी ?

४ पुस, काठमाडौं। प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता आज हुँदैछ । सभामुखमा उम्मेदवारी दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि चार बजेसम्मको समय निर्धारण गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ।

त्यसलगत्तै आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ। सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ। सभामुख हुन सांसद हुनुपर्ने व्यवस्था छ। प्रतिनिधि सभामा २७५ जना सांसद छन्।

सो समय सकिनै लाग्दा सभामुख छान्ने प्रक्रियाो तयारी थालिएको हो । सत्तागठबन्धनमा आवद्ध दलहरुले भागवण्डा गर्दा सभामुख पद नेकपा एमालेलाई परेको छ । एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वसको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताइरहेको छ । उम्मेदवारीबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बिहान ९ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्