समाचार

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

२ माघ २०७९, सोमबार ०५:२७
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार मध्ये सबैभन्दा ठूलो दलका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

दुई नेताबीच भागबन्डामा सहमति जुटे आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । यो बाहेक सत्ता साझेदार दलहरुबीच सभामुख, उपसभामुख र राष्ट्रपति उपराष्ट्रपतिलगायतका विषयमा समेत चासो बढ्दै गएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि नेकपा एमाले झस्किन पुगेको छ ।

‘केही बेरअघि प्रधानमन्त्री बालकोटा आउनुभएको छ । उनीहरुबीच वान टु वान कुराकानी भइरहेको छ’, अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले भने ‘प्रधानमन्त्रीले आज बालकोटमै लञ्च गर्ने कार्यक्रम छ ।’ मन्त्रालय भागबण्डा मिलाएर सरकारलाई पूर्णता दिने तयारीमा दुवै नेताले गृहकार्य गरिरहेका छन् ।

राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन् । दुई नेताबीच आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको ’boutमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्