समाचार

विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता

१ माघ २०७९, आईतवार १२:४३
विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता

१ माघ, काठमाडौँ। पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चार जनाको अवस्था अझै अज्ञात छ ।

विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए । उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ ।

मौसम र विमानस्थलको कारणभन्दा पनि विमानको ककपिटमा आएको खराबीका कारण दुर्घटना भएको हुन सक्ने प्राविधिक टोलीले जनाएको छ।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विमान दुर्घटनास्थलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको बताएका छन्। उनले नेपाल लाइभसँग कुरा गर्दै दुर्घटनाग्रस्त विमानबाट ३६ जनाको शव निकालिएको र अन्यको खोजी भइरहेको बताए।

उनले विमानमा सवार भएका धेरैजसोलाई जिवित उद्धार गर्ने सम्भावना न्यून रहेको बताए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित तीनवटै सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्