१ माघ, काठमाडौं । आइतवार बिहान पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको छ । विमानमा चालक दलका चार जनासहित ६४ जनाको मृत्यु भएको छ ।
३० वटा शव निकालेर गण्डकी अस्पताल पुर्याइसकेका छ। ३४ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास गरिरहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भएको छ। मृतकमध्ये ५ जनाको सनाखत भएको छन्। अहिलेसम्म कोही पनि जीवित नभेटिएको प्रहरीले बताएको छ।
केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ।