समाचार

प्लेन खस्नासाथ ढुंगा उछिट्टिएर खुट्टामा लाग्यो- आले

१ माघ २०७९, आईतवार ०९:४४
प्लेन खस्नासाथ ढुंगा उछिट्टिएर खुट्टामा लाग्यो- आले

१ माघ, काठमाडौं । आइतवार बिहान पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटना भयो। विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए ।

विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

त्यही समयमा विमान खोंचमा खस्दा माछा मार्न नदीमा पुगेका केही स्थानीय घाइते भए। विमान खसेको समयमा सेती नदीमा रहेका स्थानीय कुमार आलेले जे भोगे : बिहान १० बजेतिर सेती नदीमा निस्किएको थिएँ।

आलेले भने ‘अनि माछा मार्दै थिएँ। त्यहीबेला ठूलो आवाज आयो। के भएको हो? ठ्याक्कै थाहा भएन। लगत्तै ढुंगा उछिट्टिएर आयो। खुट्टामा लागेपछि म त ओडारतिर दौडिएँ। माथि हेर्दा आगो बलिराखेको थियो। प्लेन खसेको रहेछ। खोलामा पनि पुगेको रहेछ प्लेनको टुक्रा। पाटापाटा माथि छ। आधाआधा वारिपरि छ। आगो बल्दै थियो अझै। त्यो देखेर मेरो होसहवास उड्यो। प्रहरी कतिबेला आइपुग्यो, मलाई त थाहै भएन। म त त्यही बेहोस भएछु।

प्रतिक्रिया दिनुहोस्