समाचार

प्रधानमन्त्री प्रचण्ड पोखरा जाने स्थगित

१ माघ २०७९, आईतवार ०९:२०
प्रधानमन्त्री प्रचण्ड पोखरा जाने स्थगित

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार ‘प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड होला, असहज होला र नियन्त्रण गर्न गाह्रो होला भनेर नजाने निर्णय गरेका छौं,’ बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । तर अन्तिममा स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्