समाचार

विमान दुर्घटना अपडेट: ५३ नेपाली र १५ विदेशी यात्रु

१ माघ २०७९, आईतवार ०८:४८
विमान दुर्घटना अपडेट: ५३ नेपाली र १५ विदेशी यात्रु

१ माघ, पोखरा। नेपाल नागरिक उड्डयन प्राधिकरणले ५३ नेपालीसहित विदेशी नागरिक दुर्घटनामा परेको बताएको छ। १०ः३२ मा पोखराको लागि उडेको जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४ जना रहेका छन्।

कोरियन २ सहित आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका एक–एक जना रहेको प्राधिकरणले जनाएको छ।  प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले एनवाईटी ६९१, ९एन एएनसी पोखरा टावरमा १०ः५० सम्म सेती खोचमा सम्पर्क आएको थियो।

पोखरामा २ वटा हेलिकप्टर उद्धारमा लागेको र आवश्यक अनुसार हेलिकप्टर स्ट्यान्डबाई रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्