१ माघ, पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।
उनी नेपाली सेनाको हेलिकप्टरबाट जाने छन् ।