१ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाले दोस्रो प्रयासमा पनि सभामुख पाउन सकेन । प्रदेशसभामा सभामुख चयनको लागि भएको दोस्रो मतदान पनि नतिजाविहीन भएको छ ।
आज भएको दोस्रोपटकको मतदानमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बसिदिँदा सत्तारुढ गठबन्धन र प्रतिपक्षीतर्फका उमेदवार दुवैले जित निकाल्न सकेनन् ।
सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी उमेदवार बनेक थिए भने उनीसँग नेपाली कांग्रेसका मानबहादुर रावल चुनावी मैदानमा थिए ।
आजको भएको मतदानमा दुवै उमेदवारले समान २२ मत पाए । ५३ सांसद रहेको सुदूरपश्चिममा सभामुख चयन हुनका लागि २७ मत आवश्यक पर्छ ।