जीवनशैली

किन पूर्व र दक्षिणतर्फ नै सिरानी बनाइन्छ ? यस्तो छ वैज्ञानिक कारण

१८ मंसिर २०७८, शनिबार १५:३४
किन पूर्व र दक्षिणतर्फ नै सिरानी बनाइन्छ ? यस्तो छ वैज्ञानिक कारण

एजेन्सी: तपाई कुन दिशातिर सिरान लगाएर सुत्नुहुन्छ ? पुर्व, पश्चिम, उत्तर या दक्षिण ?मानिसको सुताई उसको स्वाथ्यसँग सम्वन्धित हुन्छ । जब हामी दिनभरी काम गरेर थाक्छौं । शरीरको उर्जा कम हुन्छ ।

शरीरमा उर्जा कम भएपछि आरामको आवश्यकता पर्छ । दैनिक दिनचर्या, रीति–रिवाज, कर्म संस्कार जस्ता क्रियाकलापले समाजलाई व्यवस्थित र मर्यादित बनाएको छ । योबाहेक वास्तु शास्त्रले पनि हाम्रो दैनिक जीवनलाई व्यवस्थित गर्ने प्रयास गरेको छ ।

बास्तु शास्त्रको अनुसार पूर्व दिशामा सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन । यसरी सुत्दा सकारात्मक उर्जा प्राप्त हुने उल्लेख गरिएको छ । भने, यसरी सुत्दा एकाग्रता समेत बढ्ने बताइन्छ ।

सुत्दा सधैँ आफ्नो सिरानी कुन दिशातर्फ फर्किएको छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । सुत्दा उत्तर र पश्चिम सिरानी गरेर सुत्दा शरीरभित्र नकारात्मक भावको विकास हुन्छ, जसको कारण उक्त व्यक्तिलाई बढी तनाव हुने गर्छ । त्यसैले सुत्दा सधैँ पूर्व वा दक्षिण दिशातर्फ सिरानी राखेर सुत्नु पर्छ ।

के छ त वैज्ञानिक अर्थ ?

खासगरी पृथ्वीमा चुम्बकिय तत्व हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ सिर अर्थात टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ । यही कारण विहान उठ्दा मान्छेले ताजगी महसुष गर्छन् ।

तर, यदि उत्तरतर्फ टाउको र्फकएर सुत्छौ, तब ठिक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकिय तरंग प्रवाह हुन्छ ।  जस्तो कि खुट्टाबाट प्रवेश गरेर सिरबाट निस्कन्छ । यसको साइड इफेक्ट भनेको हामीलाई मानसिक समस्या हुन्छ । अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ । उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ ।

पूर्व सिरानी

पूर्व दिशामा सिरानी लगाएर सुत्दा कन्सन्ट्रेसन तथा स्मरणशक्ति बढ्ने एवं स्वास्थ्यमा समेत यसले राम्रो प्रभाव पार्ने बताइन्छ । बिशेषत: विद्यार्थीहरूलाई यस दिशामा सिरानी लगाएर सुत्नु फलदायी हुन्छ।

पश्चिम सिरानी

पश्चिम दिशामा सिरानी लगाएर सुत्नुलाई पनि राम्रै मानिन्छ । यो दिशामा सिरानी राखेर सुत्नाले नाम, दाम तथा इनाम पाइने शास्त्रमा उल्लेख छ।

उत्तर सिरानी

उत्तर दिशामा सिरानी गरेर सुत्दा विभिन्न विभिन्न रोग लाग्ने र समस्या आइपर्दछ। विशेष गरी मृत व्यक्तीहरूलाइ उत्तर दिशातर्फ सिरानी राखेर सुताइने गरिन्छ।

दक्षिण सिरानी

दक्षिणपट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव हुने भएकाले यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्