२९ पुस, काठमाडौँ । पत्रकार कृष्ण कट्टेलमाथि दुव्र्यवहार भएको छ ।
काठमाण्डौं महानगरपालिकाले नयाँ बानेश्वरचोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा समाचार तथा सामग्री संकलन गर्न पुगेका पत्रकार कट्टेलमाथि शुक्रबार स्थानीय व्यापारीले हातपात गरेका छन् । पत्रकार कट्टेलका अनुसार हातपात गर्ने क्रममा एक जना मोबाइल पसल सञ्चालकले संवेदनशिल अंगमा प्रहार गरेका थिए ।
घट्नाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन मिडियाकर्मीमाथी स्थानीय व्यापारीले एकसाथ आक्रमण गरेका पनि पत्रकार कट्टेलले बताएका छन् । ‘अरु मिडियाकर्मीसँगै ममाथी जाईलाग्ने क्रममा एक जना मोबाइल पसलेले तीन लात्ती प्रहार गरेका छन्,’ उनले भने, नबुझी जे पायो त्यहि समाचार लेख्ने भन्दै मेरो संवेदनशिल अंगमा प्रहार गरेका हुन् ।’
आफूमाथि आक्रमण भएपछि कट्टेलले यसबारेमा पत्रकार महासंघका पदाधिकारीलाई पनि मौखिक र लिखित जानकारी गराएका छन् ।
झण्डै दशक लामो रेडियो पत्रकारिता गरेका कट्टेल पछिल्लो समय नयाँपत्रिका दैनिकमा कार्यरत थिए । अहिले उनी मल्टिमिडिया पत्रकारितामा सक्रिय छन् ।