जीवनशैली

जाडोमा छालालाई स्याहार गर्ने सजिलो तरिकाहरू

१८ मंसिर २०७८, शनिबार १५:२१
जाडोमा छालालाई स्याहार गर्ने सजिलो तरिकाहरू

काठमाडौं: छाला सुख्खा, फुस्रो हुने, हावा र चिसोको एलर्जी हुने, फुट्ने लगायत विभिन्न छालासम्बन्धी समस्या जाडोमा धेरै हुन्छ। त्यसैले छालालाई ठन्डीमा बढी स्याहार चाहिन्छ। राम्ररी ख्याल राख्ने हो भने चिसोमा छालालाई नरम र मुलायम राख्न सकिन्छ।

सुख्खा छालाले चिडचिलो हुन सक्छ र यसले झुर्रीहरू निम्त्याउन सक्छ धेरै व्यक्तिले यसलाई दैनिक मॉइश्चराइजर प्रयोग गरेर यसलाई बेवास्ता गर्ने कोसिस गर्छन् । जबकि अन्यले समस्या प्रहार गर्दा यो आक्रमण हुन्छ।

मौसम सबैभन्दा शुष्क छाला गुनासो को अग्रणी सबैभन्दा ठूलो कारक हो। जब तापक्रम र आर्द्रता ले एक नाक डाइभ लिन्छ, तब जनसंख्याको बहुमतले स्क्रैचको चाहना महसुस गर्न थाल्छ। यो सामान्य ज्ञान हो कि जाडोको मौसमको स्थितिले सबै उमेरका मानिसहरूका लागि सुख्खा, खुजली, दाँतको छाला निम्त्याउन सक्छ।

जस्तै रातो बिबिरा आउने र चिलाउन सक्ने हुन्छन् । समयमा उपचार गरिएन भने घाउ खटिरा बन्न सक्छन् । जाडो मौसममा तातो पानीको प्रयोग गर्ने र चिसो हावाबाट जोगिनुपर्छ । चिसोमा ‘सोरायसिस’ नामक छालाको रोग बल्झिन सक्छन् । त्यसैले जाडोमा तातो पानीको प्रयोग गर्ने र चिसो हावाबाट बच्नुपर्छ । छाला सुख्खा हुन नदिन छालामा मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजर पेट्रोलियमयुक्त हुनपर्छ । मोइस्चराइजर बास्नारहित लगाउनुपर्छ किनकी कहिलेकाहीँ यसले एलर्जीको समस्या गराउन सक्छ । साबुन प्रयोग गर्दा मोइस्चराइजिङ साबुनको प्रयोग गर्नुपर्छ जस्तै त्यसमा ग्लिसरिन मिसिएको हुनुपर्छ । बाक्लो पञ्जा र मोजाको प्रयोग गर्नुपर्छ ।छालाको समस्या आए चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।

ओठमा स्क्रविङ गर्ने
चिसो मौसममा ओठलाई पनि बढी नै असर गरिरहेको हुन्छ । यो मौसममा ओठ बढी फुट्ने गर्छ । ओठलाई चिसो मौसममा फुट्न नदिन ओठको स्क्रब गर्नु पर्छ ।

छालाको मृत कोशिकालाई हटाउने
चिसो मौसममा छालाको बाहिरी भागमा रहेका कोशिकाहरू मर्ने गर्छ । यसरी मरेका कोशिकाहरूलाई फेस स्क्रवको सहयोगमा हटाउने गर्नुपर्छ ।

चिल्लो मोइश्चराजरको प्रयोग गर्ने
चिसो मौसममा छाला बढी सुख्खा हुने गर्छ । यस्तो मौसममा चिल्लोपन बढी भएको मोइश्चराजरको प्रयोग गर्नु राम्रो हुन्छ । यसको प्रयोगले अनुहारमा लामो समयसम्म अरू किसिमका क्रिमहरू लगाउनु पर्ने आवश्यकता हुदैंन ।

एसपिएफ लोसनको प्रयोग
चिसो मौसममा हावा सुख्खा र सूर्यको प्रकाशमा लामो समय बस्ने गरिन्छ । यसले छालालाई विभिन्न किसिमले नोक्सान गरिरहेको हुन्छ । यस्तो मौसममा लगाइने लोसन, क्रिम वा मोश्चराइजरमा एसपिएफ को मात्रा भएको लगाउनु राम्रो मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्