समाचार

सन्दीप लामिछानेसँग अदालतले माग्यो २० लाख धरौटी

२८ पुष २०७९, बिहीबार १३:३३
सन्दीप लामिछानेसँग अदालतले माग्यो २० लाख धरौटी

२८ पुस, काठमाडौँ। नाबालिग जर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिइएको छ ।

बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सन्दीपसँग अदालतले २० लाख रुपैयाँ धरौटी माग गरेको छ । साथै, विदेश जान पनि रोक लगाइएको छ । असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि १८ वर्षीया नाबालिगमाथि जर्बस्तीकरणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्