२७ पुस, काठमाडौं । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले नियुक्त भएका छन्।
२५ सांसदको हस्ताक्षरसहित उनले प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेश गरेका हुन् । सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्रीको दाबी पेश गरिएको हो ।
शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ गरी २५ सांसदको समर्थन रहेको छ । माओवादी पोलिटव्युरो सदस्य समेत रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२)बाट निर्वाचित सांसद हुन् ।