समाचार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र रावल नियुक्त

२७ पुष २०७९, बुधबार ११:५५
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले नेता राजेन्द्र रावल नियुक्त

२७ पुस, धनगढी।  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन्।

रावलले एमालेसँगै नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा गरी कम्तीमा २९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्ति भएका हुन्।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरि २९ सांसदको समर्थनसहित उनले बुधबार अपरान्ह मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ संसद आवश्यक पर्छ। जसमा मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सांसद गरी २९ जनाको सहमतिमा मुख्यमन्त्रीमा रावल नियुक्त‍ भएका हुन्।

माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन्। र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्