समाचार

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत

२७ पुष २०७९, बुधबार १०:३५
कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत

२७ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।

 पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई-दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा समहमति भएको हो ।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन्। त्यसपछिको साढे दुई वर्ष नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।

यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्री दाबी पेश गर्दैछन ।

देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्