२७ पुस, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनय गर्ने समय तोकिएको छ ।
भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् । नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ ।
सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।
दिउँसो २ बजेदेखि ५ बजेसम्म दावी बिरोध र उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । प्रदेश सभा सचिवालयले आज साढे पाँच बजे सभामुखका लागि उम्मेदरावको अन्तिम सूचि प्रकाशित गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवरज जोशीले बताए ।