समाचार

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले दाबी पेश गर्दै

२७ पुष २०७९, बुधबार ०५:५३
कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले दाबी पेश गर्दै

२७ पुस, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्माले तोकिएको समयभित्रै मुख्यमन्त्रीको दाबी पेस गर्ने गरी तयारी भइरहेको हो । यद्यपि नेकपा एमाले– माओवादीबिच पनि औपचारिक रूपमा ठोक निर्णय भइसकेको छैन ।

माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका अनुसार बुधबार अपहाह्न ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी छ । प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेका थिए ।

बुधबार अपरान्ह ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी रहेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेशमा सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेका तयारीमा जुटेका छन् ।

४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ । नेकपा माओवादी केन्द्रको १३, एमालेको १० र राप्रपाको १ गरी सत्तारुढ दलसँग २४ जना सांसद छन् ।

त्यस्तै प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसको १४ र नेकपा एकीकृत समाजवादीको १ सिट छ । एकजना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्