२६ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित चार वटै सुरक्षा निकायका प्रमुख बुधवार गोरखामा जाने भएका छन् ।
उनी चारवटै सुरक्षा निकायका प्रमुखसहित बुधबार गोरखा जान लागेका हुन् । बुधबारदेखि ११ औँ गोरखा महोत्सव सुरु हुँदै छ । प्रधानमन्त्री दाहाल सो महोत्सवको उद्घाटनका लागि गोरखा जान लागेका हुन् ।
यस्तै ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा सदरमुकामको ठूलो आँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण तथा ‘राष्ट्र निर्माता सलामी’ शुभारम्भ गर्न नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा पनि गोरखा जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहित दिउँसो १२ देखि १ बजेको समयमा हेलिकप्टरमार्फत आइपुग्ने प्रजिअ आचार्यकाे भनाइ छ ।
सुरक्षा निकायका प्रमुखहरू भने दिउँसो ३ बजे हुने सालिक अनावरण कार्यक्रमका लागि त्यसको झन्डै एक घण्टाअघि हेलिकप्टरबाटै गोरखा सदरमुकाम आइपुग्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।