जीवनशैली

कुन बार जन्मिएको मानिसको स्वभाव र आचरण कस्तो ?

१८ मंसिर २०७८, शनिबार ०२:३६
कुन बार जन्मिएको मानिसको स्वभाव र आचरण कस्तो ?

काठमाडौं: मानिसको जन्मेको समय र हुर्केको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् ।

पौराणिक कालदेखि मान्दै आएको ज्योतिषशास्त्रका अनुसार मानिसमा गुणहरु देखा पर्ने बताईएको छ ।  त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ भन्ने जानकारी यहाँ प्रस्तुत छ ।

कुन बार जन्मेका मानिसहरु कस्ता स्वभावका हुन्छन् र उनीहरुको चरित्रको विषयमा थाहा पाउन सकिन्छ। पौराणिक कालदेखि मान्दै आएको ज्योतिषशास्त्रका अनुसार मानिसमा गुणहरु देखा पर्ने बताइएको छ । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ भन्ने जानकारी यहाँ प्रस्तुत छ ।

  • आइतबार
    आइतबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
    यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
    यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
    यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
    आइतबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
    यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
    उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
    आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
    अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
    निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।

सोमबार

  • सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
  • तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
  • तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
  • तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
  • तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
  • तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
  • सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
  • सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
  • तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
  • हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलवार

  • मंगलबार मंगल ग्रहको बार भएको कारणले यस दिन जन्मने व्यक्तिहरु निकै बहादुर, स्मार्ट, एक्टिभ,सहयोगी,घमण्डी र गम्भीर हुन्छन् ।
  • आँटी,शाहसी र पराक्रमी भएको कारणले फौजी क्षेत्रमा आफूलाई स्थापित गर्दछन् ।
  • मंगलवार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
  • उनीहरुलाई विलासिताको जीवन बाच्न मनपर्ने हुँदा यी व्यक्ति हरुसँग निकै धेरै लुगा,गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
  • यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् ।
  • घरजग्गा,भौतिक सम्पत्ती तथा प्राकृतिक स्रोत साधनको उपयोग मार्फत आफूलाई अब्बल सावित गर्दछन् ।

बुधवार

  • बुधवार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
  • यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
  • यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
  • बुधवार बुधग्रहको वार भएको र बुध विद्या र वुद्धिको कारक भएको कारणले वौद्धिक उपव्यवसायमा आफूलाई स्थापित गर्दछन् भने तार्किक पनि हुन्छन् ।
  • योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।
  • कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
  • धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बिहीवार

  • बिहीवार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
  • बिहीवार बृहस्पतीको बार भएको कारणले यो वार जन्मिएका मानिसहरु आदर्श तथा नीतिवान हुन्छन् ।
  • बिहीवार जन्मिएका मानिसहरुमा नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण न्याय,राजनीति ताथ समाजसेवामा काम गर्दछन् ।
  • यो वार जन्मिएका मानिसहरु मिहेनति हुन्छन् जसको कारण शिक्षा क्षेत्र,बैंक तथा वित्तिय क्षेत्रमा तथा वौद्धिक पेशा व्यवसायमा आफूलाई शानदार तरिकाले स्थापित गराउँदछन् ।
  • बिहीवार जन्मिएका मानिसका धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
  • बिहीवार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रबार

  • शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
  • तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
  • तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
  • तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
  • तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
  • यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
  • तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
  • तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

शनिबार

  • शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
  • शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
  • तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
  • यिनीहरको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिबार जन्मिएका मानिस सफल हुन्छन् ।
  • तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
  • तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
  • तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्