समाचार

वृद्धाश्रममै च्याउखेती

२८ कार्तिक २०७८, आईतवार ०३:२७
वृद्धाश्रममै च्याउखेती

महेन्द्रनगर: मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ ।

वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिकरूपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशकयता वद्धाश्रममै च्याउखेती गरिरहेको जानकारी दिए ।

वृद्धाश्रमलाई स्थानीयवासीदेखि सङ्घीय सरकारको कुनै नियमित सहयोग छैन्। दाताहरूको सहयोग र पछिल्लो समय कार्यसमिति नै आयमूलक काममा खटिएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ ।” डेढ दशकदेखि अधिकारकर्मीकारूपमा सक्रिय उनको नेतृत्वले सञ्चालन गरेको वद्धाश्रममा हाल सुदूश्चिमदेखि काठमाडौँ, भक्तपुर, दाङ र सिराहालगायतका जिल्लाका गरी ६३ वद्धा आश्रित रहेका छन् ।

अध्यक्ष चन्दले पछिल्लो समय च्याउखेतीको मौसममा च्याउ बिक्रीबाट रु तीन लाखसम्म आम्दानी भएको बताए । “च्याउखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग हुँदै आएको छ । यसपटक भने आश्रममा पालेका कुखुरा बेचेर च्याउको बीउ खरिद गरेका छौँ ।

उनले स्थानीय सरकारबाट वृद्धाश्रमलाई सहयोग नभएकोप्रति गुनासो पोखेका छन् । “पालिकामा जनप्रतिनिधि आएपछि वृद्धाश्रमलाई दिने रकम नै कटौती भयो”, अध्यक्ष चन्दले भने हामीले अहिले सामाजिक सञ्जालमा समेत क्याम्पियन चलाएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ ।

गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले वृद्धाश्रमलाई रु पाँच लाख सहयोग गरेको उनले बताए । उनले वृद्धाश्रममा च्याउखेती, कुखुरापालन र वृद्धाश्रमको चार कठ्ठा खेतमा फलफूल खेती गर्ने तयारी गरिएको बताए । “च्याउखेती र कुखुरापालनबाट आम्दानी ठिकै भएको छ ।

जेनतेन मनकारी दाता, व्यक्तिको सहयोगबाट वद्धाश्रम चलेको छ ।” वद्धाश्रम सञ्चालनका लागि वार्षिक रु ४० लाखभन्दा बढी रकम खर्च हुने गरेको जनाइएको छ । त्यसैगरी यहाँको बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र पनि दाताका सहयोगमा चलिरहेको छ ।

यहाँ जन्मदिन, श्राद्धलगायतका पुनीत कार्यमा आउनेहरूबाट निकै सहयोग भइरहेको छ ।” सेवा केन्द्रका उपाध्यक्ष मोहनबहादुर चन्दले भने गत वर्ष बेदकोट नगरपालिकाले पनि रु तीन लाख सहयोग गरेको थियो ।” उनले मुठ्ठीदानबाट सुरु भएको वद्धाश्रमको अवस्था आर्थिकरूपले सबल हुन नसकेको बताए ।

वद्धाश्रमको व्यवस्थान खर्चका लागि गत वर्ष प्रदेश सरकारले रु पाँच लाख सहयोग गर्नुका साथै संरचना निर्माणमा पनि सहयोग रहेको जानकारी उनले दिए  ।  रासस

प्रतिक्रिया दिनुहोस्