२६ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदैछन्।
प्रतिनिधिसभामा मंगलवार भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन् । उनले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा २६८ जनाले मतदान गरेका छन् भने विपक्षमा २ मत मात्रै खसेको छ । प्रतिनिधिसभाकाे मतदानमा २७० सांसद्को सहभागीता रहेको थियो ।
बहुमतसहित प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएको सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणासमेत गरेका छन् । नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदलेसमेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् ।
सोमबार बेलुका नै प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उनले विश्वासको मत दिन अनुरोध गरेका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ।
शेरबहादुर देउवाले पनि सोमबार बेलुकाको छलफलमा विश्वासको मत दिने आश्वासन दिएका छन्। यता विश्वासको मत दिने वा नदिने भन्नेबारे कांग्रेसले आज बिहान बस्ने बैठकले औपचारिक निर्णय गर्नेछ।