धर्म-संस्कार

शनिबार किन शनिदेवको पुजा गरिन्छ ? यस्तो छ कारण

१८ मंसिर २०७८, शनिबार ०२:१८
शनिबार किन शनिदेवको पुजा गरिन्छ ? यस्तो छ कारण

काठमाडौं । आज शनिबार मात्रै किन शनिदेवको पुजा गरिन्छ ? के शनिबार मात्रै शनिदेवको पुजा गरिन्छ त ? शनिवारबाहेक अरु दिन शनिदेवको पुजा गर्दा के हुन्छ त ? यावत प्रश्नहरु बारम्बार उठ्छ ।

शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनाका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ। धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ।

यो व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ। अझ श्रावण महिनाको शुक्ल पक्षको पहिलो शनिबारबाट सुरु गरेमा अझ राम्रो हुने विश्वास छ।

फलामबाट निर्मित शनि प्रतिमालाई पञ्चामृतले स्नान गराई घाम, अक्षता, फलफूल आदिले पूजा गरी ‘ॐ शनैश्चराय नमः’ यो मन्त्र ३ माला जप्ने गर्नुपर्छ। व्रतको दिन नीलो वस्त्र धारण गर्ने चलन छ। एउटा भाँडामा शुद्ध पानीमा कालो तिल, ल्वाङ र दूध मिसाई पीपलको बोटमा पूर्व फर्केर उक्त मिश्रित जल(पानी) चढाउनु पर्दछ।

ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ ।

शनिबार शनिदेवको पुजा बिधि

शनि जयन्तीमा प्रात: काल उठेर स्नान गरेर शुद्ध होउ । त्यसपछि काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यसमाथि शनिदेवको प्रतिमा राखौ । त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ। त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्रबाट स्नान गराउ । उनीलाई कालो वा नीलो रंगको फूल चढाउ । त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ । पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ । यस दौरान शनि मन्त्र : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम: को कमसेकम एक माला जप गरौ ।

प्रतिक्रिया दिनुहोस्