समाचार

खाँडाचक्र नगरपालिकाले नि:शुल्क भिडियो एक्सरे सेवा सुरु

२३ पुष २०७९, शनिबार ०८:०४
खाँडाचक्र नगरपालिकाले नि:शुल्क भिडियो एक्सरे सेवा सुरु

२३ पुस, कालिकोट । खाँडाचक्र नगरपालिकाले नि:शुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ।

खाँडाचक्र नगरपालिका वडा ७, ८, ९ र १० नि:शुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ।   विकट र भौतिक पूर्वाधारको अभाव र असपताल पुग्ने समय लाग्ने जस्ता समस्याले गर्भवती महिलालाई सहजताको लागि सबै वडामा नि:शुल्क भिडियो एक्सरे जोडिएको नगर उप- प्रमुख गणेश शाही(आकाश)ले बताएका छन्।

अब लामो लाइन बसेर दिनभरि अस्पताल धाउनुपर्नेको अन्त्यसमेत भएको उप- प्रमुख आकाशले बताए ।साथै, पहिलो चोटी स्थानीय सरकार भएको महसुससमेत स्थानीयले गर्ने छन् ।

अस्पताल नजिकै रहेका वडा जस्तै १, २, ३, ४ मा भने भिडियो एक्सरे भइरहेको छ। भने वडा नम्बर ५ र ६ मोल्फामा सेवा उपलब्ध रहेको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए ।

नि: शुल्क भिडियो एक्सरे सेवा अन्तर्गत नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा- ७ मा १३ जना र वडा- ८ मा १८ जना सहित जम्मा ३१ जना गर्भवती महिलाको निः शुल्क भिडियो एक्सरे सेवा लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्