२३ पुस, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष भट्टराई शनिबार प्रधानमन्त्री निवास वालुवाटार पुगेका हुन् । उनीहरुबीच पार्टी एकताको विषयमा कुराकानी भएको बुझिएको छ ।
शनिबार बिहान बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ । भेटका क्रममा बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ ।