समाचार

राप्रपालाई कांग्रेसबाट प्रधानमन्त्री ‘अफर’को दाबी : संविधानअनुसार ‘हावादारी’

२२ पुष २०७९, शुक्रबार १३:०७
राप्रपालाई कांग्रेसबाट प्रधानमन्त्री ‘अफर’को दाबी : संविधानअनुसार ‘हावादारी’

२१ पुस, कालीकोट । ‘राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ, तर क्षणिक निर्णय लिन्नौँ,’ शुक्रबार बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठकबाट बाहिरिने क्रममा राप्रपा नेता ध्रुवबहादुर प्रधानले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो दाबी गरे।

पार्टी सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि उनले कुनै पार्टीका सभापतिलाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरे ।

उनले गठबन्धन टुटेपछि नयाँ ढंगबाट जानुपर्ने विषयमा पार्टी सभापतिसँग छलफल भएको बताए । उनले भने, ‘पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । त्यसबारेमा छलफल भयाे । गठबन्धन अहिले दुर्घटनामा पर्न हुँदैनथ्यो । अन्तिम समयमा हामी पनि सहभागी हुनुपर्थ्याे ।

त्यसमा हामीले पनि पर्याप्त हस्तक्षेप गर्न सकेनौँ भनेर आत्मालोचित छौँ । दुर्घटना नभएर सेफ ल्याण्डिङ भए पाइलटको प्रशंसा हुन्छ । तर, दुर्घटना भयो भने कोपाइलटलाई दोष दिन मिल्दैन । महामन्त्री भनेको पार्टीको कोपाइलट हौं ।’

संविधानअनुसार भने प्रचण्डले विश्वासको मत पाउन नसके संसद्को पहिलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ। संविधानको धारा ७६ (१)को व्यवस्थाअनुसार कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२)को व्यवस्था अनुसार दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाएर १० पुससम्म एक साताको समय दिएर सरकारको दाबीका लागि आह्वान गरेकी थिइन्।

सोहीअनुसार प्रचण्डले एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमत पार्टी र तीन स्वतन्त्र सांसदकाे गरी एक सय ६९ मतसहित दाबी पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्