समाचार

सरकारको साझा कार्यक्रमलाई आज सत्ता साझेदार दलले अन्तिम रूप दिने

२१ पुष २०७९, बिहीबार ०४:०१
सरकारको साझा कार्यक्रमलाई आज सत्ता साझेदार दलले अन्तिम रूप दिने

२१ पुस, काठमाडौं ।सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन्।

बुधबार  प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सत्ता साझेदार दलहरूको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।

आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम बनाउने दलहरूको तयारी छ । मन्त्री लामिछानेका अनुसार आज मस्यौदा तयार गरिने र शुक्रबारसम्म सार्वजनिक गरिने तयारी रहेको छ ।

सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेछन् । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्