२० पुस, कालिकोट । खाँडाचक्र नगरपालिकाले नयाँ करार कर्मचारी नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
खाँडाचक्रले बिभिन्न पदका लागि ३६ जनाको विज्ञापन आह्वान गरेको छ । स्थानीय सरकारले करार तर्फका सहायक छैठौं, पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत जसी प्रसाद चौलागाईले बताएका छन् ।
कृषि भेटेरीनरी छैठौं तह, हेल्थ असिस्टेन्ट पाँचौं तह, स्वास्थ्य, जनरल नर्सिङ, पाँचौ तह, कृषि भेटेरीनरी चौथो तह, कृषि- लापोडेडे चौथो तह, आयुर्वेद चौथो तह गरि ३६ जनाको विज्ञापन आह्वान गरेको छ ।
स्थानीय तहहरूमा रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो । आयोगले अहिले ३६ पदका लागि विज्ञापन खोलिएको जनाएको छ ।
योग्यता पुगेका उमेदवारहरूले १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।